१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सन्चारबिना विकास असम्भव : उपराष्ट्रपति


0
Shares

काठमाडौं, साउन २५ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलक निर्माणमा लागि सन्चारजगत्ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दे उनले सन्चारजगत्बिना मुलुकको विकास पनि असम्भव रहेको बताए ।

दुर्गम र पिछडिएको समुदायको विकास र चेतनाका लागि सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

कार्यक्रममा अरु वक्ताले भने प्रभावकारी सन्चारमाध्यमकारुपमा रहेको रेडियोको विकासका लागि विशेष नीति ल्याउन सरकारसँग आग्रह गरेका थिए ।

लोकतन्त्र, गणतन्त्र र मुलुक निर्माणका विभिन्न विधामा सामुदायिक रेडियोले समुदायमा प्रत्यक्ष लाभ पुर्‍याएको भन्दै सामुदायिक रेडियोको लागि छुट्टै नीति ल्याउन माग गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकका सामुदायिक रेडियोकर्मी सहभागी छन् ।