
फाइल फोटो
सिरहा, साउन २५ । सिरहाको धनगढीमाइ नगरपालिका–१२ विष्णुपुरकट्टीमा मंगलबार इनारमा निस्सासिएर काका–भतिजाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जागेश्वर मण्डल र उनका काका रामविलास मण्डल छन् ।
इनारभित्र झरेको बाल्टी निकाल्न पसेका जागेश्वर निस्सासिएर चिच्याएपछि उनलाई बचाउन पसेका रामविलासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
थोरै पानी भएकाले अक्सिजनको कमी रहेको र उनीहरु बेहोस भएर पानीमा झरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्