
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, साउन २५ । सभा, समारोह, उद्घाटन र रिबन काट्नेजस्ता कार्यक्रमम सहभागी नहुने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा ७२ घन्टा पनि टिकेन ।
गत शनिबार अपराह्न त्यस्तो घोषणा गरेका प्रधानमन्त्री दाहाल मंगलबार एउटा कार्यक्रममा ढोलक बजाउन पुगे ।
‘आफ्नो बोलीमा अक्सर नटिक्ने’ आरोप प्रधानमन्त्री दाहालमाथि लाग्ने गर्दै आएको छ । यसपटक पनि त्यस्तै भयो ।
गत शनिबार रिबन काट्ने कार्यक्रम अर्थात् कुनै सभा–सम्मलेनको उद्घाटनजस्ता कार्यक्रममा सहभागी नहुने घोषणा गरेका दाहाल मंगलबार २२औं विश्व आदिवासी दिवसको कार्यक्रम उद्घाटन गर्न भने पुगे ।
राजधानीको प्रज्ञा भवनमा आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि बनेका प्रधानमन्त्री दाहालले रिबन त काटेनन् तर उद्घाटनको ढोलक भने मज्जैले बताए । र, प्रधानमन्त्रीलाई साथ दिए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ।
करिब १ घन्टा ५० मिनेट कार्यक्रममा बिताएका प्रधानमन्त्री दाहालको जब बोल्ने पालो आएपछि उनले आफूले धेरै कुरा नगर्ने बरु काम गर्ने उद्घोष गरे । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्