
रोल्पा, साउन २६ । सभामुख ओनसरी घर्तीले राज्यले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्दा युवाहरु विदेशीन बाध्य भएको बताएकी छिन् ।
रोल्पाको लिवाङस्थित आफूले अध्ययन गरेको बालकल्याण उच्च माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै सभामुख घर्तीले अब शैक्षिक क्षेत्रमा सुधार ल्याउनुपर्ने बताइन् ।
उनले १० वर्षे सशस्त्र द्वन्द्वका बेला समग्र शैक्षिक क्षेत्र नै प्रभावित भएको भन्दै अब नयाँ जागरण ल्याउन आवश्यक भएको स्पष्ट पारिन् ।
यसै विद्यालयबाट उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुनलगायतका नेताहरुले अध्ययन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्