२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सरकारलाई जापानको पूर्ण समर्थन रहन्छ : जापानी राजदूत


0
Shares

काठमाडौं, साउन २६ । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

उनले प्रधानमन्त्री दाहाललाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई जापानको पूर्ण सहयोग रहने बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच ऐतिहासिक सम्बन्ध कायम रहेकाले यसलाई थप मजभूत बनाउने बताए । प्रधानमन्त्री दाहालले जापान नेपालको नजिकको साथी भएकाले नेपालको दुःखसुखमा जापानबाट प्राप्त भएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने अपेक्षा गरे ।