
काठमाडौं, साउन २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
आज आफ्नै सरकारी निवास बालुवाटारमा रिपोर्टस क्लबले दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दलको साझा प्रतिबद्धताबाट संविधान कार्यान्वयन हुने भएकाले आफूले त्यसलाई प्राथमिकताका दिने बताए ।
उनले मुलुकमा सम्भावना र चुनौति दुबै रहेको भन्दै सरकारले चुनौति सामना गरेर अगाडि बढ्ने बताए । जनचाहना अनुसारका कामलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री दाहालले सरकार श्रमजिवी पत्रकारको पक्षमा रहेकाले पत्रकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्