१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको मूल्य तीन वर्षपछिकै उच्च


0
Shares

काठमाडौं, साउन २६ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउमा बृद्धि आएको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो तीन वर्ष यताकै उच्च मूल्य हो ।

मंगलबार तोलाको ५८ हजार ९ सयमा कारोबार भएको थियो । २०७० साल भदौ १२ गते सुन तोला भाउ सबैभन्दा उच्च ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यसपछि विस्तारै ओरालो लागेर तोलाको ४७ हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ फेरि उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय शेयर बजारमा आएको अस्थिरता, डलर एवं युरोको मूल्यमा आएको गिरावटले लगानीकर्ता सुनका आकर्षित हुँदा भाउ बढेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

अन्तराष्ट्रिय बजारमा शेयर बजारसँगै लगानीको अरु क्षेत्र कमजोर भएकाले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय रुपैयाँमा किनबेच भैरहेको छ ।