१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्रीले दिए पर्वतारोहण क्षेत्रका लागि दीर्घकालीन योजना बनाउने वचन


0
Shares

काठमाडौं, साउन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सगरमाथा आरोही संघले बुधबार भेटी पर्वतारोहण क्षेत्रका समस्याबारे अवगत गराएको छ ।

संघका प्रतिनिधिहरुले पछिल्लो समयमा पर्वतारोहण क्षेत्रमा विकृति बढ्दै गएको भन्दै आरोहणका लागि आवश्यक सबै सम्पर्क अधिकृत पेशागत आरोहीबाट हुने व्यवस्था गर्न माग गरे ।

उनीहरुले आरोहीहरुको प्रमाणपत्र पर्यटन मन्त्रालयबाट शीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने मुलकको आर्थिक क्षेत्रको मेरुदन्डकोरुपमा रहेको पर्यटन उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले हिमाल आरोहण र पर्वतारोहण क्षेत्रको विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने वचन पनि दिए ।