
काठमाडौं, साउन २६ । बुधबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १९ अंकले सकारात्मक रहेर १७ सय उनासी अंकमा पुगेर थामियो ।
कारोबार पनि धेरै दिनपछि फेरि दुई अर्ब नाघ्यो । होटल र जलविद्युत्बाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा पनि उल्लेख्य सुधार आएको हो ।
बीमा समूहमा सबैभन्दा उच्च १ सय ८० अंकको बृद्धि आयो । उत्पादनमूलक समूह पनि ५८ अंकले उकालो लाग्यो । विकास बैंक समूह ३२ अंकले बढ्यो भने वाणिज्य बैंक र वित्त समूहमा पनि दोहोरो अंकको बृद्धि आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४६ कम्पनीको ३५ लाख ८६ हजार कित्ता शेयर २ अर्ब ३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्