२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ललितपुरमा आज यल पञ्चदान मनाईंदै


0
Shares

ललितपुर, साउन २७ । ललितपुरमा आज बौद्ध परम्परा अनुसार यल पञ्चदान मनाइँदैछ । स्थानीय नाम यल रहेको ललितपुरमामात्र यो पर्व मनाइने हुँदा यसलाई यल पञ्चदान भनिएको हो ।

सो अवसरमा विभिन्न विहारका सदस्य बज्राचार्य तथा शाक्यहरु घर तथा विहारमा गइ श्लोक वाचन गर्दै दान ग्रहण गर्ने परम्परा छ ।

चामल, गहुँ, नुन केराउ, खीर, फलफुल लगायत दान गर्दा विहार, घरआँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ । दिपङ्कर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास छ ।

यता, आजकै दिन ललितपुरस्थित लूनिभाः टोल बालकुमारीमा दुर्लभ नराँ महादान पर्व पनि मनाइँदैछ । ललितपुर हखा निवासी मैया शाक्यले पञ्चदान पर्वको साइत पारी नराँ महादान पर्व आयोजना गरेका हुन् ।

दिनभर उपत्यकाका शाक्य/बज्राचार्यहरुलाई धान, चामल, गेडागुडी, नून, फलपूल, दक्षिणा, कूचो आदि गरी कम्तिमा ९ वटा किसिमका दान प्रदान कार्यसँगै गाथा÷स्तोत्र पाठ हुने नराँमा दान लिन आउने पहिलो ब्यक्तिलाई घरजग्गा/सुनचाँदी÷विशेष नगद दिने चलनसमेत छ ।

yalpancha1

नँरा, नँदाँबाट अपभ्रंश भएको मानिन्छ भने नदाँ भनेको फलामको काम गरी कमाएको धनबाट दिपंकर बुद्धलाई भोजन दान गरेको कथन यो पर्वसँग जोडिएको छ भने यसलाई नवदानको रुपमा पनि रुपमा बुझ्नेहरु पनि छन् ।

हःखा टोल निवासी हर्षराज शाक्यले ९२ वर्षअघि र पिम्बहाल सिद्धिबहादुर शाक्यले २०४१ सालमा नराँ महादान आयोजना गरेको थियो ।