३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सम्बन्ध सुधार्न दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाइने


0
Shares

काठमाडौं, साउन २७ । छिमेकी मुलुकसँगको सम्बन्ध सुधार र आपसी मित्रता बढाउन भन्दै सरकारले दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी देशको भ्रमणमा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको हो । दुवै उपप्रधानमन्त्री आगामी भदौमा छिमेकी देशको भ्रमणमा जाने छन्

प्रधानमन्त्री पुष्पकमल दाहालको चाहनाबमोजिम दुई उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको दूतका रुपमा छिमेकी मुलुकको भ्रमणमा पठाइन लागेको हो ।

यसैगरी बैठकले बढ्दो बजार भाउ तथा कालोबजारी, कृतिम अभाव र मिसावट नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिने निर्णय गरेको छ ।

बैठकले कालोबजारी, मिसावट र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्न ऐत संशोधनको प्रस्ताव ल्याउन मन्त्रालयलाई निर्देशन दिएको छ ।