१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


छात्रा दिनहुँ एकाएक बेहोस हुन थालेपछि विद्यालय बन्द


0
Shares

बैतडी, साउन २७ । छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविमा विहीबारदेखि पठनपाठन नै बन्द गरिएको छ ।

विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत् छात्रा दिनहुँ एकाएक बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको विहीबार बसेको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको स्थानीय बासिन्दा अभिभावक दिनेश सिंहले जानकारी दिए ।

उनले भने–‘आज पनि एक्कासि १० जना छात्रा बेहोस भएका थिए ।’

विद्यालयमा आउनेबित्तिकै छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ ।

मंगलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण विहीबारसम्म ३० भन्दा बढी छात्रा बिरामी भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताए ।

बिरामी भएका छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन् । उनले भने–‘विद्यालयमा बिरामी भएका छात्रालाई अभिभावक बोलाएर उनीहरुको जिम्मा लगाइएको छ ।’

छात्रामा अनौठो रोग देखिएपछि विद्यालय नै बन्द गरिएको हो । यसरी छात्रा अनौठो रोगले बेहोस हुने समस्या देखिएपनि कारण भने पत्ता लाग्न सकेको छैन । रासस