गंगामायाले थालिन् आमरण अनशन, भनिन्–‘मर्न तयार बनें’ (भिडियोसहित) • Image Khabar Image Khabar


गंगामायाले थालिन् आमरण अनशन, भनिन्–‘मर्न तयार बनें’ (भिडियोसहित)


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार २३:०३

गंगामायाले थालिन् आमरण अनशन, भनिन्–‘मर्न तयार बनें’ (भिडियोसहित)

काठमाडौं, साउन २७ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनशनमा रहेकी गोरखा, फुजेलकी गंगामाया अधिकारीले विहीबारदेखि आमरण अनशन सुरु गरेकी छन् ।

हत्याको आरोप लागेका छविलाल पौड्याललगायतलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएसम्म अनशन नतोड्ने पनि उनले बताएकी छन् ।

आरोपी पौडेललाई पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएपछि गंगामायाले केही दिनअघि सरकारलाई ‘अल्टिमेटम’ दिएकी थिइन् ।

‘अब आफू मर्न तयार’ भएको भन्दै गंगामायाले कसैको आश्वासनको भरमा अनशन नतोड्ने पनि स्पस्ट पारेकी छन् ।

विगत ६ वर्षदेखि छोराका हत्यारालाई कारबाही गर्न माग राख्दै लामो संघर्ष गर्दै आएकी गंगामायाले अब सरकारबाट न्याय पाउने आशा मरेको पनि बताइन् ।

गंगामायाका श्रीमान नन्दप्रसादको दुई वर्षअघि अनशनकैक्रममा निधन भएको थियो ।

गंगामायाका कान्छाछोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ सालको जेठमा चितवनमा गोली हानेर मारेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्