सुशासनतिर आजैदेखि कदम चाल्नोस् : प्रधानमन्त्री • Image Khabar Image Khabar


सुशासनतिर आजैदेखि कदम चाल्नोस् : प्रधानमन्त्री


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार २३:४०

सुशासनतिर आजैदेखि कदम चाल्नोस् : प्रधानमन्त्री

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक निकायहरुबाट नागरिकलाई प्रदान गरिने सेवा इमान्दार र उत्तरदायित्वपूर्ण हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको १४औं वार्षिकोत्सवको अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीहरुलाई आजैदेखि सुशासनतिर कदम चाल्न आग्रह गरे ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले सतर्कता केन्द्रसँग स्रोत–साधन र दक्ष जनशक्तिको अभाव रहेको भन्दै केन्द्रलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिवेदनमा राष्ट्रियगौरव र अन्य आयोजना गरी २१ ओटा, अरु निकायबाट अख्तियारी प्राप्त भएका १६ ओटा आयोजनाहरुको प्राविधिक परीक्षण सम्पन्न भएको उल्लेख छ ।

त्यस्तै, उजुरी व्यवस्थापनतर्फ चालु आर्थिक वर्षमा ७७२ ओटा उजुरीहरु फछ्र्यौट गरिएको र गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका ५३६ गरी एक हजार तीन सय आठ उजुरी रहेकोमा ६ सय ८६ ओटा उजुरीहरु फछ्र्यौट गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्