फाइल फोटो
कपिलदेव खनाल (इमेज)
नुवाकोट, साउन २७ । गोरखाबाट काठमाडौंको लागि उडेको *माउन्टेन एअरको एक हेलिकोप्टर विहीबार दिउँसो नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।
हेलिकोप्टरको इन्जिनमा खराबी देखिएपछि दिउँसो २ बजे बुधसिंङ गाविसको महादेवस्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हेलिकोप्टरमा चालकसहित पाँचजना रहेका थिए ।
उड्दा–उड्दै इन्जिनमा खराबी देखिएपछि हेलिकोप्टरलाई चालकले सुरक्षितरुपमा अवतरण गराएको र अहिले मर्मतकार्य भइरहेको प्रहरीले जनाएको छ ।
यही साउन २४ गते गोरखाबाटै उडेको फिस्टेल एअरको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविसमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो ।
*सच्याइएको । माउन्टेन हुनुपर्ने ठाउँमा यसअघि अन्यथा परेकाले सच्याइएको छ–सम्पादक ।









प्रतिक्रिया दिनुहोस्