१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


१० अर्ब रुपैयाँ बाँडेर सिद्धाइयो, बर्दियाका बाढीपीडितको व्यथा उस्तै (भिडियो रिपोर्ट)


0
Shares

यादव आचार्य (इमेज)
बर्दिया, साउन २७ । दुई वर्षअघि बर्दियामा हजारौंको घर–घरमा पसेको बबई नदीको बाढीले कैयौंको ज्यान लियो भने कतिलाई घरवारविहीन बनायो ।

सामान्य र आंशिक क्षति हुनेहरु आ–आफ्नो घर फर्केर घरबास सम्हालिसके ।

तर, बाढीले उठिबास बनाइ शिविरमा आश्रय लिइरहेकाहरु भने कस्टकर जीवन गुजारिरहेका छन् ।

दुई वर्षअघि साउनको अन्तिम साता बबई नदीमा आएको भीषण बाढीले बर्दियाको जनजीवन एकाएक तहस–नहस बनायो ।

बाढीमा कतिले परिवार गुमाए भने कतिले घरबार र परिबार दुबै गुमाए । नेपालकै संरक्षित वन्यजन्तु कृष्णसारलाईसमेत बाढीले छाडेन ।

बाढीपीडितको नाममा राहतको विभिन्न सहयोगमार्फत् करिब १० अर्ब रुपैयाँ बाँडेर सिद्धाइयो । तर, बाढीबाट घरबारविहीन भइ शिविरहरुमा बसेका बाढीपीडितको व्यथा उस्तै छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्