ऐतिहासिक नराँ महादान पर्व सम्पन्न (भिडियो) • Image Khabar Image Khabar


ऐतिहासिक नराँ महादान पर्व सम्पन्न (भिडियो)


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार ०२:३८

ऐतिहासिक नराँ महादान पर्व सम्पन्न (भिडियो)

काठमाडौं, साउन २७ । ललितपुरमा ऐतिहासिक नराँ महादान पर्व विहीबार सम्पन्न भएको छ ।

ललितपुर हःखा टोल निवासी मैयाँ शाक्यले पञ्चदान पर्वको अवसरमा लूनिभाः टोल बालकुमारीमा नराँ महादान गरेकी हुन् ।

दिनभर उपत्यकाका शाक्य र बज्राचार्यहरुलाई धान, चामल, गेडागुडी, नुन, फलफूल, दक्षिणा, कूचो गरी ९ थरी दान गर्ने गरिन्छ ।

नराँ महादान लिन आउने पहिलो व्यक्तिलाई घरजग्गा, सुनचाँदी र नगद दिने परम्परा रहेको छ ।

ललितपुरको दीपावती नगरमा राजा सर्वानन्दले दिपंकर बुद्धलाई फलामको काम गरी कमाएको धनबाट दिपंकर बुद्ध प्रमुख भिक्षुसंघलाई सम्यक भोजन दान गरेपछि यो पर्व सुरु भएको मानिन्छ ।

राजा राजेन्द्रविक्रम शाहको पालामा ललितपुरको हःखा टोल निवासी नरसिंहले उपत्यकाका शाक्य र बज्राचार्यहरुलाई निमन्त्रणा गरी सम्यक महादान गरेको बताइन्छ ।

त्यसपछि सोही टोलका हर्षराज शाक्यले ९२ वर्षअघि र पिम्बहालका सिद्धिबहादुर शाक्यले २०४१ सालमा नराँ महादान आयोजना गरेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्