३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


बल्ल टुंगियो नेविसंघ विवाद, मतदाता नामावली प्रकाशित हुँदै


0
Shares

अपडेट : काठमाडौं, साउन २८ । नेपाल विद्यार्थी संघको निर्देशक समितिले महाधिवेशनको प्रतिनिधि विवाद टुंग्याएको छ । गएराति छलफल गरेपछि नयाँ कार्यसमिति निर्वाचनका क्रममा देखिएको प्रतिनिधि विवाद मिलाइएको हो ।
विवाद टुंगिएसँगै आज दिउँसो नयाँ निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन गर्ने नेपाल विद्यार्थी संघले जनाएको छ ।
नामावली प्रकाशनसँगै चुनावको मिति पनि सार्वजनिक गरिने भएको छ । गत आइतबार उद्घाटन भएको नेवि संघको महाधिवेशनमा प्रतिनिधिको विवाद हुँदा बन्दसत्र स्थगित हुँदै आएको छ ।

यसअघिको समाचार

विवादकै कारण नेविसंघ महाधिवेशनको बन्दसत्रमा ढिलाई

काठमाडौं, साउन २८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा प्रतिनिधिको सूचीमा विवाद निस्किएपछि बन्दसत्र अझै शुरु हुन सकेको छैन ।

प्रतिनिधि विवाद भागबण्डाका आधारमा बुधबार बिहानै मिलाइए पनि थप गरिएका प्रतिनिधिको सूची प्राप्त नभएका कारण बन्दसत्र शुरु हुन नसकेको हो ।

प्रतिनिधि विवाद मिलाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला समर्थक विद्यार्थी समूहलाई २ सय १५ र पूर्व अध्यक्ष महेन्द्र शर्मालाई १ सय १० प्रतिनिधि थप दिने गरी समझदारी भएको थियो ।

समझदारीअनुसार सिटौला र शर्माका समूहका विद्यार्थी नेताहरुले प्रतिनिधिको सूची नबुझाएपछि हिजो शुरु हुने भनिएको बन्दसत्र र अन्तिम नामावली प्रकाशित गर्ने प्रक्रिया अघि बढ्न नसकेको हो ।