काठमाडौं, साउन २८ । अगस्ट १२ अर्थात् आज अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदैछ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।
युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरन्जनात्मक कार्यक्रम गरी सन् २००० देखि नियमित रुपमा विश्व युवा दिवस मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु हो । यसका साथै राष्ट्रिय युवा नीति २०७२, युथ भिजन–२०२५ र राष्ट्रिय युवा परिषद् ऐनमा रहेका युवा लक्षित मुद्दा कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवाजसमेत बुलन्द गर्नु हो ।
प्रतिक्रिया दिनुहोस्