
पोखरा, साउन २८ । पोखराको लेखनाथस्थित बुढीबजारमा शुक्रबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
तालचोकबाट पोखरातर्फ जाँदै गरेको ग१०प ८८५८ नम्बरको स्कुटरलाई ग१क २४०२ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरचालक लेखनाथ–१३ का ३५ वर्षीय विजय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्