निजी क्षेत्र अर्थतन्त्रको इन्जिन : अर्थमन्त्री महरा • Image Khabar Image Khabar


निजी क्षेत्र अर्थतन्त्रको इन्जिन : अर्थमन्त्री महरा


Imagekhabar
२९ श्रावण २०७३, शनिबार ०२:३७

निजी क्षेत्र अर्थतन्त्रको इन्जिन : अर्थमन्त्री महरा

                                                                          फाइल फोटो

काठमाडौं, साउन २८ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफू सबैसँग सल्लाह लिएर नै अघि बढ्ने भन्दै निजी क्षेत्रलाई ढुक्क भएर कुनै द्धिविधा नराखी आफ्नो काम गर्न आग्रह गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिहरुका तर्फबाट सुझाव लिनेक्रममा उनले ‘निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो र यस क्षेत्रबिना राज्य अघि बढ्न नसक्ने’ पनि उल्लेख गरे ।

निजी क्षेत्रलाइ हतोत्साहित र निरश नबनाइने भन्दै उनले ‘राजनितिक स्थायित्व बनाएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने अब हाम्रो नारा हुनुपर्ने’मा पनि जोड दिएको जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मालगायतले उद्योग–व्यवसाय क्षेत्रका समस्या र चुनौती तथा मन्त्रालयबाट गरेका अपेक्षाकाबारेमा मौखिक र लिखित सुझाव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्