
धनकुटा, असार २६ । ठेकेदार कम्पनी मार्फत काम गर्दा ढिलासुस्ती हुने भएपछि धनकुटामा उन्नती परियोजनामार्फत संचालित सडक आयोजना उपभोक्ता समितिले नै निर्माण गर्न थालेका छन् ।
कोशी राजमार्गको गुठिटार र हिले–छिन्ताङ सडक खण्डको सुकेआहाल जोड्ने १२.५ किमी सडक उन्नती परियोजनाको ५ करोड ९६ लाख रुपैयाँमा ग्राबेल गरिएको हो ।
सात वटा उपभोक्ता समिति निर्माण गरि ती समितिमार्फत् नै सडक ग्राबेल गरिएको धनकुटा नगरपालिका–९ का वडाध्यक्ष सन्दीप रायमाझीले जानकारी दिए ।
एक करोडभन्दा माथिको आयोजना ठेकेदार कम्पनी मार्फत निर्माण गर्नुपर्ने भए पनि सडकलाई सात भागमा विभाजन गरी सात उपभोक्ता समिति निर्माण गरी सम्पन्न गरिएको हो ।
धनकुटामा आधादर्जन बढी सडक निर्माणका आयोजना उपभोक्ता समिति मार्फत्नै गरिएको छ ।
उपभोक्ता समिति मार्फत काम गराउँदा आयोजना छिट्टै सकिने र गुणस्तरीय काम हुने उपभोक्ता बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्