
काठमाडौं, साउन ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । माओवादी केन्द्रबाट सरकारमा जानेहरुको नाम पनि टुंगो लगाइएको छ ।
मन्त्री बन्ने चर्चामा रहेका प्रभु साह अन्तिममा हटाइएका छन् भने मधेसबाट सांसद अजय शंकर नायकलाई मन्त्री बनाइने भएको छ ।
प्रधानमन्त्री दाहालले आफूनिकटका केही नेतासँग छलफल गरी मन्त्री बनाउने पाँच जनाको नाममा सहमति जुटाएका हुन् ।
जसमा जनार्दन शर्मालाई उर्जा, राम कार्कीलाई सूचना तथा सञ्चार, हितराज पाण्डे स्थानीय विकास र धनिराम (डीआर)पौडेललाई शिक्षा तथा नायकलाई कानून मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
साथै केहीलाई राज्य मन्त्री बनाउने तयारी पनि गरिएको छ । सपथका लागि दिउँसो ३ बजेको समय तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्