सम्पत्तिमाथिको अधिकारमा नेपाल १२८ मुलुकमध्ये ९७ औं स्थानमा • Image Khabar Image Khabar


सम्पत्तिमाथिको अधिकारमा नेपाल १२८ मुलुकमध्ये ९७ औं स्थानमा


Imagekhabar
३१ श्रावण २०७३, सोमबार ०३:११

सम्पत्तिमाथिको अधिकारमा नेपाल १२८ मुलुकमध्ये ९७ औं स्थानमा

काठमाडौं, साउन ३० । सम्पत्तिमाथिको अधिकारमा नेपाल ९७ औं स्थानमा रहेको छ ।

वासिङ्टन डिसीस्थित प्रपर्टी राइट अलायन्सको प्रकाशन अन्तर्राष्ट्रिय सम्पत्तिमाथिको अधिकार सूचकमा यो बर्ष नेपाल ९७ औं स्थानमा परेको हो ।

१० पूर्णाङ्कमा साढे ४ अंक हासिल गरी नेपाल उक्त स्थानमा परेको प्रपर्टी राइट अलायन्सको नेपाली पार्टनर संस्था समृद्धि फाउण्डेसनले जनाएको हो ।

आर्थिक समृद्धि र सम्पत्तिमाथिको अधिकारबीच महत्वपूर्ण सम्बन्ध रहेको बताइन्छ । विकासशील राष्ट्रहरुमा सम्पत्तिमाथिको अधिकार साधारणतया फितलो रहने गरेको छ भने विकसित देशहरुमा बलियो रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्