२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भदौ २३ देखि राजधानीमा ‘क्यान कमटेक’ आयोजना गरिने


0
Shares

काठमाडौं, साउन ३० । सूचना तथा संचार प्रविधि क्षेत्रका व्यवसायीहरुकोे छाता संगठन क्यान महासंघले आगामी भदौ २३ देखि २६ गतेसम्म क्यान कमटेक २०१६ को पहिलो संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद ढकालले क्यान कमटेकमा ब्रोडव्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई विशेष जोेड दिइने जानकारी दिए ।

उनले क्यान इन्फोटेक र क्यान सफ्टेकभन्दा क्यान कमटेक फरक हुने दाबी गरे । कमटेकमा सूचना, सञ्चार एवं प्रविधि सम्बन्धि विभिन्न ८१ वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्सका साथै मोबाइल एसेसेरिज डिलर एवं डिस्ट्रीव्युटर्स, आइटीसी कलेज तथा ट्रेनिङ्ग इन्स्टिच्युट, पेमेन्ट सोलुसन लगायतका स्टलहरु पनि रहने जनाइएको छ ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि जानकारी आम जनमानसमा हुनुपर्दछ भन्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको महासंघका महासचिव विश्वराम बलामीले बताए ।
प्रदर्शनीको करिब डेढ लाख अवलोकनकर्ता अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।