
काठमाडौं । पुरानो बसपर्कमा सार्वजानिक जग्गा मिचिएको भन्दै व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरानो बसपार्कमा भ्यू टावर बनाउने भन्दै भुमाफियाहरुले जग्गा अतिक्रमण गरेर पक्कि भवन बनाई भाडामा लगाई रहेको संघको आरोप छ ।
केही वर्ष अगाडी काठमाडौं महानगरपालीका, जलेश्वर स्वछन्द र विकोई विल्र्डस कम्पनीबिच भ्यू टावर बनाउने भन्दै ठेक्का सम्झौता भएपनि सो ठाँउमा भने पक्की भवनहरु निर्माण गरि ठेकेदारहरुले प्रति पसल १० देखी १५ लाख उठाउदै आएको र प्रतिमहिना १५ हजार देखी २५ हजारसम्म भाडा उठाउदै आएको संघले जनाएको छ ।
राष्ट्रिय स्वरोजगार व्यापार श्रमीक संघका महासचिव राजकुमार श्रेष्ठले सार्वजनिक स्थान त्यतिकै बेचिएको प्रति महानगरले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्