कवाडी गोदाममा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति • Image Khabar Image Khabar


कवाडी गोदाममा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति


Imagekhabar
३१ श्रावण २०७३, सोमबार १६:३८

कवाडी गोदाममा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति

सुनसरी, साउन ३१ । सुनसरीको इटहरी–७ स्थित दुईवटा कवाडी गोदाममा सोमबार बिहानै आगलागी भएको छ ।

इटहरी–८ स्थित रमेश डङ्गोलको कवाडीको गोदामबाट विहान ०३ः२५ बजेतिर अचानक सल्किएको आगोले नजिकै रहेको दिपक चौधरीको गोदामसमेत जलेको हो ।

आगलागीबाट दुवैजनाको गोदाम तथा कवाडी मालसामान जल्दा अन्दाजी ५० लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी स्थानीय प्रहरी, सशस्त्र प्रहरी तथा दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्