बन्दका दिन खोलेको भन्दै तीन कलेजमा क्रान्तिकारीले गरे तोडफोड • Image Khabar Image Khabar


बन्दका दिन खोलेको भन्दै तीन कलेजमा क्रान्तिकारीले गरे तोडफोड


Imagekhabar
३१ श्रावण २०७३, सोमबार २२:३१

बन्दका दिन खोलेको भन्दै तीन कलेजमा क्रान्तिकारीले गरे तोडफोड

                                                          फाइल फोटो

काठमाडौं, साउन ३१ । अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सन्चालन गर्ने काठमाडौंका तीनओटा कलेजमाथि कारबाही गरेको जनाएको छ ।

अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेकाअनुसार काठमाडौं मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सन्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

काठमाडौं मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम सन्चालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभिटीका कार्यक्रम सन्चालन गरिरहेको अखिल क्रान्तिकारीले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, शंकरापुर एकेडेमी जोरपाटीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्