
अपडेट
डडेल्धुरा, साउन ३१ । बैतडीमा सोमबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २४ जना घाइते भएका छन् ।
मृतकमध्ये बझाङ, कोत भैरव–४ का पुनदेवी कडायत र सोही ठाउँका नानु खड्काकोमात्र सनाखत भएको छ ।
दुर्घटनामा घाइतेमध्ये १४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नम्बरको बस सोमबार दिउँसो ३ बजे जयपृथ्वीबहादुर सिंह राजमार्गअन्तर्गत् बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटना घाइते भएकाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्