
तनहुँ, साउन ३१ । तनहुँको मनपाङ गाविस–३ सेराटारमा सोमबार बसले स्कुटीलाई ठक्कर दिँदा स्कुटीचालकको मृत्यु भएको छ ।
बेनीबाट काठमाडौं आउँदै गरेको ना४ख ८१२७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ग११प १८३० नम्बरको स्कुटीलाई ठक्कर दिँदा शुक्लागन्डकी नगरपालिका–१० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
स्कुटीमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीय गगनसिंह कुमालकोे सेतीगंगा सामुदायिक अस्पतालमा दुलेगौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्