२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘हाइटेन्सन लाइन’को तार खसेर करेन्ट लाग्दा दाजुभाइको मृत्यु


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, साउन ३२ । ‘हाइटेन्सन लाइन’को तार खसेर करेन्ट लाग्दा बुटवलको कालिकानगरस्थित अभियानपथमा मंगलबार दुई दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–२० का १० वर्षीय रोहित क्षत्री र उनका भाइ ६ वर्षीय रोहन क्षेत्री छन् ।

उनीहरु कालिकानगर अभियानपथमा खेलिरहेकाबेला तार खसेर करेन्ट लागेको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।