
काठमाडौं, साउन ३२ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको गर्न माग गर्दै लामो समयदेखि अनशनमा रहेकी गोर्खा, फुजेलकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै मंगलबार अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
नागरिक समाजका प्रतिनिधिहरु तथा अधिकारकर्मीहरुले वीर अस्पतालअगाडि प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् ।
उनीहरुले कृष्णप्रसाद अधिकारीका हत्यारालाई पक्राउ गर्न सर्वोच अदालतले दिएको आदेश पालना नभएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।
गत विहीबारदेखि पुनः आमरण अनशन थालेकी गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्