पिकनिक गएर फर्कंदै गरेको जिप पल्टियो, चारको मृत्यु, सातजना घाइते • Image Khabar Image Khabar


पिकनिक गएर फर्कंदै गरेको जिप पल्टियो, चारको मृत्यु, सातजना घाइते


Imagekhabar
१ भाद्र २०७३, बुधबार ००:५४

पिकनिक गएर फर्कंदै गरेको जिप पल्टियो, चारको मृत्यु, सातजना घाइते

अपडेट

हरि शर्मा (इमेज)

नवलपरासी, साउन ३२ । नवलपरासीको दाउन्नेडाँडामा पिकनिक गएर फर्कंदै गरेको जिप मंगलबार दाउन्नेको ओरालोमा पल्टिँदा चारजनाको मृत्यु भएको छ ।

तीनजनाको घटनास्थलमै र एकजनाको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी सुक्रौली–९ नदवाका जिपचालक सुवाखर पाण्डे, नवलपरासी बञ्जरिया–८ की छनमति चौधरी, उनकी बहिनी चेतमाया चौधरी र भारत, महाराजगन्ज, धर्मपुरका चिन्टु सहानी छन् ।

दुर्घटनामा अरु सातजना घाइते भएका छन् ।

ओरालोमा ट्रकलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।

घाइते सबैको बर्दघाटस्थित दाउन्नेदेवी पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्