२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मंगलबार शेयरबजार सकारात्मक


0
Shares

काठमाडौं, साउन ३२ । पछिल्ला दुई दिन उच्चदरले ओरालो लागेको शेयरबजार मंगलबार भने सम्हालियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से २२ अंकले उकालो लागेर १७ सय १७ कायम भएर थामियो ।

अघिल्लो दिन सबै समूह ऋणात्मक रहेको बजारमा यसदिन भने सबै समूह धनात्मक रहे ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ७२ अंकको सुधार आयो । होटल समूह ७८ अंकले बढ्यो । वाणिज्य बैंक समूहमा २१ अंकको बृद्धि आयो । विकास बैंक, जलविद्युत् र वित्त समूह पनि दोहोरो अंकले बढे ।

यसदिन कारोबार भने औसत दिनका तुलनामा न्यून रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको २० लाख कित्ता शेयर १ अर्ब ६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।