१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चेम्बर एक्स्पो असोज ७ देखि


0
Shares

काठमाडौं, साउन ३२ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आगामी असोज ७ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा चेम्बर एक्सपो सुरु हुँदैछ ।

चेम्बरले मंगलबार पत्रकार सम्मेलन गरी ‘माउन्ट फुजी स्प्रिंस इंक–नेपाल चेम्बर एक्स्पो २०७३’ आयोजनाको तयारीबारे जानकारी गराएको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यो प्रदर्शनी विगतको प्रदर्शनीभन्दा फरक हुने दाबी गरे ।

७ देश सहभागी हुने प्रदर्शनीमा मनोरन्जनको पनि विशेष व्यवस्था गरिने उनले जानकारी गराए । प्रदर्शनीको लागि स्टल बुकिङ पनि खुला गरिएको उनले उल्लेख गरे ।

योपटकको प्रदर्शनीमा जापान साझेदार मुलुककारुपमा रहने जनाइएको छ ।

प्रदर्शनीमा करिब २७० ओटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय औद्योगिक उत्पादनका स्टल रहने जनाइएको छ ।

हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निर्माण सामग्री, छालाजन्य वस्तुका साथै अटोमोबाइल, इलेक्ट्रोनिक एवं इलेक्ट्रिक उपकरण, फ्लोरिङ र फर्निसिङ्ग, घरायसी सामान, फेसनका सामानहरु प्रदर्शनीको मुख्य आकर्षण रहने जनाइएको छ ।

दुई लाखभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने आयोजकको अनुमान छ । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा चेम्बरले वर्षेनि यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ ।