
कञ्चनपुर, भदौ १ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट कञ्चनपुरमा सञ्चालित शैक्षिक संस्थामा अखिल क्रान्तिकारीले गरेको तालाबन्दी एक सातापछि खुलेको छ ।
प्राविधिक शिक्षालयले लिइरहेको शुल्क घटाएर वार्षिक ५० हजार गर्नुपर्नेे मागमा ८ वटा शैक्षिक संस्थाले सहमति जनाएपछि आजबाट तालाबन्दी खुलेको हो ।
मापदण्डविपरित बढी शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीले गत साउन २५ गतेदेखि जिल्लामा सञ्चालित ११ वटा प्राविधिक शिक्षालयमा तालाबन्दी गरेको थियो ।
शैक्षिक संस्थाहरुले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने, भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीका साथै प्रयोगशालाको उचित व्यवस्थापन गर्नेलगायतका सहमति गरेपछि ताला खुलाइएको क्रान्तिकारीका जिल्ला इन्चार्ज वीरेन्द्र शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्