काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका परिवारलाई ६ लाख रुपैयाँ • Image Khabar Image Khabar


काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका परिवारलाई ६ लाख रुपैयाँ


Imagekhabar
१ भाद्र २०७३, बुधबार २०:०४

काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका परिवारलाई ६ लाख रुपैयाँ

काभ्रे, भदौ १ । काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनाका पीडित परिवारले आफन्तको शव बुझेका छन् ।

अरनिको यातायात सेवा समिति र पीडित परिबारबीच सहमति भएपछि आफन्तले शव बुझेका हुन् ।

समितिले प्रतिमृतक ६ लाख रुपैयाँ र घाइतेको निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएपछि पीडित परिवारले धुलिखेल अस्पतालबाट शव बुझेका हुन् ।

गत सोमवार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने २८ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्