१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सरकार निर्वाचन नगर्ने खेलमा लागेको एमालेको आरोप


0
Shares

काठमाडौं, भदौ १ । नेकपा एमालेले वर्तमान सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएको छ ।

एमालेको जारी स्थायी कमिटी बैठकमा बोल्ने नेताहरुले एमाले नेतृत्वको सरकारले ल्याएको कार्यतालिकाअनुसार नै सबै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बुधबारको बैठकमा निर्वाचनलगायतका विषयमा छलफल भएको र वर्तमान सरकार निर्वाचन नगराएर मुलुकमा संवैधानिक राजनीतिक संकट निम्त्याउन लागिपरेको निश्कर्षमा पुगेको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

एक सय दिन नपुगी सरकारको मूल्यांकन गर्न हतार हुने भएपनि संक्रमणकालीन अवस्थाको व्यवस्थापनका लागि सरकारले पटक्कै काम नगरेको सचिव गुरुङले आरोप लगाए ।