संखुवासभा, भदौ १ । संखुवासभामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
बुधबार बारीमा घाँस काट्न गएकाबेला करेन्ट लागेर खाँदबारी–५ शेखाकी १६ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्