नेप्से १७ अंक बढीले धनात्मक • Image Khabar Image Khabar


नेप्से १७ अंक बढीले धनात्मक


Imagekhabar
२ भाद्र २०७३, बिहीबार ०२:३५

नेप्से १७ अंक बढीले धनात्मक

काठमाडौं, भदौ १ । बुधबार पनि शेयरबजारमा सुधार जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंक बढीले धनात्मक रहेर १७ सय ३४ मा पुग्यो ।

कारोबार भएका अधिकांशजसो समूह सकारात्मक रहेसँगै नेप्सेमा पनि उल्लेख्य सुधार आएको हो । बीमा समूहमा सबैभन्दा उच्च १ सय ३ अंकको सुधार आयो । होटल समूह पनि ६१ अंकले बढ्यो ।

विकास बैंक समूहमा २६ अंक र वाणिज्य बैंक समूहमा पनि १६ अंकको सुधार आयो । जलविद्युत् समूह १५ अंकले उकालो लाग्यो भने अन्य समूह ६ अंकले सकारात्मक रहयो । उत्पादनमूलक र वित्त समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको १६ लाख ९८ हजार बराबर कित्ता शेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्