२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एसडी मुनीले देखाए ओलीका कमजोरी र दाहालका चुनौती


0
Shares

काठमाडौं, भदौ २ । नेपालसम्बन्धी विज्ञ मानिएका भारतीय ‘थिंक ट्यांक’ एसडी मुनीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना धारणा राख्दै ओली सरकारका कमजोरी र पुष्पकमल दाहाल नेतृत्वको सरकारका सामू देखिएका चुनौति केलाएका छन् ।

बिहीबार भारतीय अखबारमा एउटा लेख प्रकाशित गर्दै एसडी मुनीले नेपालमा खण्डित राजनीतिकै परिणामस्वरुप विगत एक दशकमा नौ पटक सत्ता परिवर्तन भएको जिकिर गरेका छन् । उनले लेखमा भनेका छन्, ‘सत्ता हासिल गर्ने र सत्ता टिकाइरने विषय विकास, स्थिरता र सुशासनजस्ता जनआकांक्षामाथि हावी भएको छ ।’

केपी ओली नेतृत्वको सरकारले भूकम्प पीडितलाई पर्याप्त राहत र पुर्स्थापना उपलब्ध नगराएको, कालाबजारियाप्रति नरम व्यवहार गरेको, भारतविरोधी भावना बढाएर भारतलाई चिढ्याएको, आवश्यक बस्तुको आपूर्तिको सवालमा अविवेकपूर्ण कुटनीति अपनाउँदै चीन कार्ड खेलेकोजस्ता आरोप उनले आफ्नो लेखमा लगाएका छन् ।

उनले लेखेका छन्, ‘नयाँ प्रधानमन्त्री प्रचण्ड आफ्नो नेतृत्व र शासन क्षमता साबित गर्ने यो अन्तिम मौका हो भन्नेमा सचेत छन्, उनीसँग घरेलु मुद्दा तथा आफ्ना दुई महत्वपूर्ण शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धका बारे ओलीले सुम्पिएका चिन्तनीय विरासतलाई सुधार्न धेरै समय छैन भन्ने उनलाई थाहा छ ।’

‘सत्ता छोड्नेबेलामा ओलीले प्रचण्डलाई केही महिनामै असफल हुने चेतावनी दिएका थिए,’ लेखमा उनले भनेका छन्, ‘यो भविष्यवाणीलाई गलत साबित गर्नु नेपाल र नेपालीको हितमा हुनेमात्र नभई काठमाडौंमा नयाँ राजनीतिक व्यवस्थाको विश्वसनियताका लागि पनि जरुरी छ ।’