२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


उपत्यकामा साझा बस थप्न प्रधानमन्त्रीको चासो


0
Shares

काठमाडौं, भदौ २ । उपत्यकामा तीसवटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेबीच छलफल भएको छ ।

बिहीबार साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलाई प्रधानमन्त्री निवासमै बोलाई प्रधानमन्त्री दाहालले यसबारे छलफल गरेका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले भने, ‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णयमा पुगौं ।’

प्रधानमन्त्रीले सम्वद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा तीसवटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।