
धनकुटा, भदौ २ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा शिक्षा मन्त्रालयले धनकुटामा राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम सुरु गरेको छ ।
कक्षा १ देखि ३ सम्मका बालबालिकालाई नेपाली भाषा राम्ररी बुझाएर पढाउन यो वर्षबाट राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम सुरु गरिएको धनकुटाका जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेलले जानकारी दिए ।
चालु शैक्षिकसत्रबाट धनकुटाका थप २ सय १९ सामुदायिक प्राथमिक विद्यालयमा सन्दर्भ सामग्री वितरण गर्ने, नेपाली माध्यमका शिक्षकलाई तालिम दिने तथा उत्प्रेरक परिचालन गरिने शिक्षा कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्