Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


दार्जिलिङलाई हराउँदै मोरङ च्याम्पियन


0
Shares

पाँचथर, वैशाख २ । पाँचथरमा सम्पन्न तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डीएफसी मोरङले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा युनाइटेड क्लब दार्जिलिङलाई ३—१ ले पराजित गर्दै डीएफसी मोरङले उपाधि जितेको हो ।

मोरङका लागि हेमन्त थापामगर, सन्जोग राई र विदेशी खेलाडी अर्मानले एक/एक गोल गरे ।

दार्जिलिङका तर्फबाट करण राईले एक सान्त्वना गोल फर्काएका थिए ।

उपाधिसँगै मोरङले चार लाख र उपविजेता दार्जिलिङले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

मोरङका हेमन्त थापामगर फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

गएका चैत २४ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।