१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


६ वटा एम्बुलेन्स दुई महिनादेखि थन्किए


0
Shares

संखुवासभा, भदौ ३ । सडक हिलाम्मे भएपछि संखुवासभामा ६ वटा एम्बुलेन्स सेवा दुई महिनादेखि बन्द भएका छन् ।

चैनपुरबाट तेह्रथुमको बसन्तपुरसम्मको करिब ५० किलोमिटर कालोपत्रे सडक हिलाम्मे बनेपछि संखुवासभा सदरमुकाम खाँदबारी, चैनपुर र वानामा रहेका ६ वटा एम्बुलेन्स सेवा प्रयोगविहीन बनेका हुन् ।

एम्बुलेन्स सेवा बन्द भएपछि बिरामीलाई उपचारका लागि स्टेचर र डोकोमा बोकाएर अस्पताल लैजानुपर्ने बाध्यता छ । हिउँदको समयमा ७ घण्टामा खाँदबारीबाट धरान पुग्ने एम्बुलेन्सलाई अहिले २४ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।