कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार १९:२८

कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

परासी, भदौ ३ । नवलपरासीको अरुण खोलास्थित चोरमारा जंगलमा एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार बा२च ३९६७ नम्बरको कारले नारायणघाटबाट बुटवल जाँदै गरेको ना१५प ६५९३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृतक दुबैजना मोटरसाइकलमा सवार थिए ।

प्रतिक्रिया दिनुहोस्