१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फोटोपत्रकार भन्छन्– सुरक्षा, जीवन र स्वास्थ्य बीमा हुनुपर्छ


0
Shares

पोखरा, भदौ ३ । पोखराका फोटो पत्रकारहरुले फोटो पत्रकारितालाई थप ब्यावसायिक बनाउनु पर्नेमा जोड दिएका छन् ।

१७७ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह कास्कीले पोखरामा गरेको अन्तरक्रियामा सहभागीहरुले फोटो पत्रकारहरुको पेशालाई थप ब्यावासायिक बनाउन उनीहरुको सुरक्षा, जीवन र स्वास्थ्य बीमाको क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्नुपर्ने बताएका थिए ।

प्रविधिको विकाससँगै फोटो पत्रकारितामा नयाँ अवसर र चुनौती थपिएको उल्लेख गर्दै उनीहरुले निर्धक्क भएर पत्रकारिता गर्नपाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।