
काठमाडौं, भदौ ३ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गोर्खा, फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेकोप्रति अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
गंगामाया बचाऊ अभियानले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियाका वक्ताहरुले उनको जीवनरक्षाको माग गरेका हुन् ।
कानुनी राज्य भन्ने तर अदालतको फैसलाहरुसमेत कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनीहरुले संक्रमणकालीन न्यायको कुरा गरेर गम्भीर मानवअधिकार उल्लंघन्का दोषीलाई उन्मुक्ति दिन नसकिने बताए ।
अदालतमा रहेका द्वन्द्वकालीन मुद्दालाईसमेत सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाउने तयारी भइरहहेको भन्दै उनीहरुले आपत्ति प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्