३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


रुपन्देहीमा सुरक्षा सूचना केन्द्र स्थापना


0
Shares

भैरहवा, वैशाख २ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा सूचना केन्द्र स्थापना गरेको छ ।

सहजरुपमा एकद्वार प्रणालीबाट सूचना संकलन गर्ने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयपछि नेपालमै पहिलो सूचना केन्द्रको स्थापना रुपन्देही प्रशासनले गरेको हो । प्रत्येक महिना नयाँ काम अभियान अन्तर्गत कार्यालयमा सुरक्षा सूचना केन्द्र स्थापना गरिएको हो ।