Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


‘हेड सर’हरुलाई आईटी पढाउँदै महावीर


0
Shares

काठमाडौं, भदौ ४ । मास्टर डिग्री वा पिएचडी गर्दैमा कोही पढेको हुँदैन यदी उसलाई सूचना प्रविधि(आइटी)को ज्ञान छैन भने,’ महाविर पुनले भने, ‘अहिलेको जमानामा अक्षर चिन्नु मात्रै साक्षर हुनु होइन ।’

सूचना प्रविधिबारे ज्ञान नभएर अहिलेको समयमा निरक्षर सरह भएने उनले बताए । पुन शुक्रबार कास्कीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधिको महत्व दर्शाउँदै थिए ।

जिल्ला शिक्षा कार्यालयले प्रअमार्फत शिक्षक र विद्यार्थीसम्मलाई सूचना प्रविधिको महत्व बुझाउन पुनलाई निम्त्याइएको थियो ।

‘हेडसले चाह्यो भने स्कुलका केटाकेटीलाई सूचना प्रविधिमार्फत धेरै ज्ञान दिन सकिन्छ,’ उनले भने, ‘हेडसरले वास्ता नगेर स्कुलमा कम्प्युटर र इन्टरनेट पुर्याए पनि प्रधावकारी हुँदैन ।’

स्रोत छैन भनेर चुप लागेर नबस्न पुनले हेडसरहरुलाई आग्रह गरे । ‘अल्छि भएर नबस्नुहोस र सरकारले गर्देला भनेर पनि नपर्खनुहोस’, उनले आग्रह गरे,‘स्रोत आफैं पनि जुटाउन सकिन्छ ।’

सूचना प्रविधि प्रयोग गर्न नसक्ने विद्यार्थीले जति पढे पनि व्यवहारमा केही गर्न नसक्ने उनले सुनाए । ‘किताब पढाएजसरी सूचना प्रविधि पढाउने होइन् ’, उनले भने,‘इन्टरनेटमा पसेर सिकाइदिएपछि विद्यार्थी आफैंले खोज्छन र पढ्छन् । इन्टरनेटमा जे खोज्यो त्यही पाइन्छ ।’
-अन्नपूर्ण पोष्ट दैनिकबाट

Skip This